संवैधानिक व्यवस्थानुसार प्रदेश सरकाले निकास खोज्दैछ: कानूनमन्त्री गाहामगर
पाेखरा | बैशाख २, २०८०
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहामगरले संवैधानिक व्यवस्थानुसार प्रदेश सरकारले निकासको बाटो खोजेको बताएका छन् ।
अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘तीन दिने अनलाइन पत्रकारिता तालिम’ लाई सम्बोधन गर्दै मन्त्री गाहा मगरले अस्थिर राजनीतिका कारण प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार निकासको बाटो रोजेको बताएका हुन् ।
मन्त्री गाहामगरले विश्वासको मत लिने विषयमा अन्य दलसँगको छलफलपछि मात्रै थाहा हुने बताए । ‘प्रदेश सरकारले संवैधानिक व्यवस्थाले जे अधिकार दिएको छ । त्यही अनुरुप सरकारले आफ्नो निकास खोज्दैछ, उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि परामर्श हुँदैछ । विश्वासको मत लिने कुरामा अन्य दलसँग छलफल गरेर कति संभावना रहन्छ । त्यही अनुसार अघि बढ्छौ । अन्यथा संवैधानिक व्यवस्थानुसार अरु दलले सरकार सञ्चालनको जिम्मा प्राप्त गर्छ ।’
उनले मन्त्रालयको जिम्मेवारी बहन गर्न नपाउदै सरकारबाट बाहिरिदा योजनाहरुमा प्रभाव पर्ने धारणा राखे । ‘केही नयाँ कुराहरुमाथि आफ्नो भूमिकाबारे अध्ययन गर्दागर्दै र नयाँ योजनाहरु रच्दारच्दै राजनीतिमा अस्थिरता देखियो, उनले भने, ‘दुलही भएर आउने दुरान फर्कन नपाउने जस्तै भएको छ । यसले गर्दा योजनाहरुमा प्रभाव पर्ने देखिएको छ ।’

उनले मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउदै समाधानका लागि पहल गर्ने बताए । उनले मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारहरुलाई अधिकार सुनिश्चित गराउनका लागि आफुले सरकार बाहिरै रहेपनि भूमिका खेल्ने बताएका थिए ।
आयोजक संस्थाका उपाध्यक्ष सन्तोष बस्यालका अनुसार आगामी ४ गतेसम्म सञ्चालन हुने सो अनलाइन पत्रकारिता तालिममा आचार संहिता, अनलाइन पत्रकारिकताको महत्व र मौलाउदै गएको पीत पत्रकारिताको विषयमा तालिम प्रदान गरिने छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

